बलात्कार घटनाका आरोपित ११ महिनापछि गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका म्याङलुङ नपा-१ का ३४ वर्षीय राजकुमार लिम्बूलाई प्रहरीले ११ महिनापछि साउन २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७४ असोज १५ बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज १६ गते प्रहरीमा उजुरी दिएपछि आरोपित फरार रहेका थिए ।

आरोपित साउन २२ गते घर आएको सूचनाका आधारमा गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि साउन २२ गते कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७४ असोज १६ गते जिल्ला अस्पतालमा गरिएको थियो ।


भगिश्वर लिम्बू