बलात्कार घटनाका आरोपित शिक्षक गिरफ्तार
१९ वर्षीया एक किशोरीलाई एक वर्ष अगाडि दुर्गाथली गाउँपालिका – ४ का ३० वर्षीय शिक्षक बसन्त ओली र शिवराज ओलीले बलात्कार गरी फरार रहेकोमा जेठ ६ गते फरार आरोपितमध्येका बसन्त ओलीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
घटनाका बारेमा कसैलाई जानकारी गराएको खण्डमा शिक्षकद्धयले मार्ने धम्की दिएकोले आफूले लामो समयसम्म कसैलाई पनि जानकारी गराउन नसकेको पीडित किशोरीको भनाइ छ ।
शिक्षकद्धयले बलात्कार गरेपछि आफ्नो गर्भ रहेको र आफूसँग एक महिनाको बच्चा समेत रहेको पीडितले बताउनु भएको छ ।
पीडित किशोरीले आफूमाथि बलात्कार भएको भन्दै गत फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भए पनि आरोपितद्धय ओली फरार रहेका कारण उहाँहरूको खोजीकार्य भइरहको र आरोपितमध्येका बसन्त ओली घरमा लुकिरहेको सूचना प्राप्त भएपछि गरिफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेश बलमे बताउनु भयो ।
घटनाका अर्का आरोपित शिवराज ओली भने फरार रहेको र उहाँको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
रमेश केसी
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…