बलात्कार घटनाका आरोपित विरुद्व उजुरी

  ०७९ भदौ ६ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित खार्पुनाथ गाउँपालिका–५ का २५ वर्षीय प्रकाश सुनारका विरुद्व पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, हुम्लामा भदौ ५ गते उजुरी दिएका छन ।

पीडितलाई आरोपितले ०७९ साउन २९ गतेदेखि भदौ ३ गतेसम्म पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएका हुन ।

घटनामा संलग्न व्यक्ति फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, हुम्लाका मुद्दा फाँटमा कार्यरत हवल्दार यमबहादुर वलीले जानकारी दिनु भएको छ ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ५ गते प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको प्रहरीले जनाएको छ ।


नन्द सिंह