बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

  ०७९ साउन ७ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले स्वर्गद्वारी नगरपालिका– १ का २२ वर्षीय सन्तोष दमाई विरूद्ध जिल्ला प्रहरी कार्यालय प्यूठानमा  साउन ६ गते उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले साउन ४ गते बलात्कार पछि फरार रहेको भन्दै पीडित पक्षको उजुरी आएको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबहादुर विकले बताउनु भयो ।

आरोपित फरार रहेको र खोजी भइरहेको इन्स्पेक्टर विकले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।


रविन्द्र पाण्डे