बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

  ०७९ साउन ७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले शिवराज नगरपालिका –८ का २२ वर्षीय महफुज मुसलमान विरूद्ध साउन ५ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले ०७९ जेठ १० गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडितका बुवाले उजुरी दिनु भएको हो ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा प्रहरीले आरोपितलाई साउन ४ गते नै गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ४ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।


पार्वती आचार्य