बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी
५३ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नपा—२ जुडिबेलाका ५० वर्षीय लालबहादुर घलानविरुद्ध पीडितले असार ३२ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा उजुरी दिएकी छन् ।
पीडित महिलालाई आरोपितले असार २५ गते बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएको बताएकी छन् ।
पीडित महिलाले दिएको उजुरी सोहि दिन दर्ता गरी घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यलय चन्द्रनिगहापुरका डिएसपी सन्तुलाल प्रसाद जयसवालले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार ३२ गते चन्द्रनिगहापुर अस्पतालमा गरिएको छ । आरोपित घलान ‘फरार’ रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी जयसवालले जानकारी दिनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…
बलात्कार अभियोगीलाई १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।…
बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको…