बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
१७ वर्षीया एक बालिकालाई गुठीचौर गाउँपालिका–५ का दुई जनाले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन् ।
सोही गाउँपालिका–३ स्थित खेतमा पानी सिचाई गर्न गएको अवस्थामा जेठ २३ गते साँझ २० वर्षीय विवेक गिरी र २० वर्षकै पारस देवकोटाले बलात्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका हुन ।
बलात्कार घटनाका आरोपित फरार रहेको जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिनु भएको छ । डीएसपी चन्दले भन्नुभयो “हामी थप अनुसन्धान र आरोपितको खोजी कार्यमै छौँ ।” पीडित बालिकाको जेठ २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…