बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुद्धोधन गाउँपालिका–७ का २५ वर्षीय विहारीलाल यादवविरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।
पीडित बालिकालाई आरोपितले जागिरको प्रलोभन देखाएर असोज ८ गते बलात्कार गरेको भन्दै पीडितले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनायो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १५ गते भिम अस्पताल भैरहवामा गरिएको र आरोपितको खोजी भइरहेको प्रहरीले जनायो ।
त्यसैगरी सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज १४ गते १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर उमेश जोशीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १४ गते भिम अस्पताल भैरहवामा गरिएको र आरोपित बालकलाई प्रहरीको बालमैत्री कक्षमा राखिएको प्रहरीले जनायो ।
रीमा विसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…