बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

  ०७८ कात्तिक ९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले तुलसीपुर उप–महानगरपालिका–१७ का २० वर्षीय दिनेश चौधरी विरूद्ध इलाका प्रहरी कार्यालय, तुलसीपुरमा कात्तिक ९ गते उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले असोज ३० गते बलात्कार गरेको भन्दै उजुरी आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

गाउँमै मिलापत्र गर्ने प्रयास भएका कारण ढिलोगरी उजुरी आएको र आरोपित फरार भएकाले खोजी कार्य भइरहेको डिएसपी अर्यालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ९ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुर गरिएको छ ।


जयनारायण पुन