बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

  ०७७ वैशाख ५ गते

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित मण्डलले नग्न तस्वीर तथा भिडियो लिएर फेसबुकमा भाइरल गरिदिने डर र त्रास देखाउँदै साढे २ वर्षदेखि बलात्कार गर्दै आएको पीडितले आरोप लगाएकी छन् ।

पीडित महिलालाई आरोपितले पछिल्लो पटक चैत २८ गते बलात्कार प्रयास गर्ने क्रममा आफूले बचाउ गर्दा आरोपित मण्डलको गर्धन काटिएको पीडित महिलाले इन्सेक प्रतिनिधिलाई बताइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पीडितले हुलाकमार्फत दिएको उजुरीबारे अनुसन्धान भइरहेको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ४ गतेसम्म गरिएको छैन ।


दिपेन्द्रप्रसाद सिंह