बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

पाँच वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक विरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मङ्सिर ७ गते पीडित पक्षले उजुरी दर्ता गरेको छ । दिदीसँग बाख्रा चराउन जङ्गल गएको समयमा असोज १३ गते आरोपित बालकले बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । बालिकाको जिल्ला अस्पताल खलङ्गामा स्वास्थ्य परीक्षण भएको छ भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको जानकारी पाउने बित्तिकै अनुसन्धान प्रकृया अघि बढाएको र आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बडावनलाई पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर हिक्मत बोहोराले बताए ।


दिनेशकुमार श्रेष्ठ