बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०८१ माघ १० गते

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले पुस १६ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनुभएको हो । घटनाका आरोपित फरार रहेकोले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर दिपक मगरातीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १४ गते भिम अस्पताल, भैरहवामा भयो ।


रीमा बिसी