बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०८१ माघ ५ गते

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले पुस २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते इलाका प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएको थियो । घटनाका आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २१ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।


रीमा बिसी