बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०८१ पुस २० गते

१५ वर्षीया र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका–११ का ३३ वर्षीय जयस भन्ने जयेन्द्र श्रेष्ठ र सहयोगी सिद्धार्थनगर नगरपालिका–६ की २३ वर्षीया करिना सिंह राजपुत विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ पुस १९ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकाहरूलाई आरोपितले मङ्सिर ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएको थियो । घटनाका आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।

पीडितहरूको स्वास्थ्य परीक्षण पुस १९ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।


रीमा बिसी