बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०८१ असोज १३ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुद्धभुमी नगरपालिका–८, चरिगहवाका २२ वर्षीय सुरेन्द्र यादव विरुद्ध इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा ०८१ असोज ११ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले असोज ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा फरार आरोपित विरुद्ध थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि बहादुर वलीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १० गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।


रीमा बिसी