बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन २८ गते

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय धादिङले साउन २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई साउन १० गते गुल्मी जिल्ला इस्मा गाउँपालिका–२ निवासी ३२ वर्षीय फुर्साबहादुर मुखियाले बलात्कार गरेको उजुरी साउन २७ गते दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भयो ।

पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा २१ गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते धादिङ अस्पतालमा गरिएको छ ।


सीताराम अधिकारी