बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०८१ असार १९ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–१२ का १८ वर्षीय प्रिन्स गुरुङ्ग, सिद्धार्थनगर नगरपालिका–६ का २१ वर्षीय रोहित गुप्ता र लुम्बिनी साँस्कृतिक नगरपालिका–३, पडेरियाका २६ वर्षीय अब्दुल सबुत खान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ असार १७ गते उजुरी दर्ता भएको छ ।

पीडित युवतीलाई आरोपितले असार ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १७ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा फरार आरोपित विरुद्ध थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १६ गते भिम अस्पताल, भैरहवामा भयो ।


रीमा बिसी