बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०८१ असार ३ गते

अपाङ्गता भएकी २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सन्धिखर्क नगरपालिका-१२, झेडी कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ जेठ ३२ गते उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा फरार आरोपित विरुद्ध थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्र रावलले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ३२ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भयो ।


कुलबहादुर नेपाली