बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  २०८१ वैशाख १५

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय हजुरबुबा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ वैशाख १३ गते उजुरी दर्ता भएको छ ।

पीडितलाई आरोपितले वैशाख ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । घटनाका आरोपितलाई वैशाख १२ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शङ्कर पोख्रेलले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १२ गते गुल्मी अस्पताल, तम्घासमा भयो ।


टोपलाल अर्याल