बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काभ्रेको पाँचखाल नगरपालिका-६ घरभई चौतारा सागाचोकगढी नगरपालिका-११ बस्दै आएका ३९ वर्षीय प्रकाश सार्की विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० माघ २२ गते उजुरी दर्ता भएको छ ।

पीडितलाई आरोपितले माघ ६ गते चौतारा सागाचोकगढी नगरपालिका-११, सिम्लेस्थित एक होटलमा लगेर बलात्कार गरेको पीडितको आरोप छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २२ गते चौतारा अस्पतालमा भयो । घटनाका आरोपित फरार भएकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिवकुमार यादवले इन्सेकलाई जानकारी दिनुभयो ।


नातिबावु धिताल