बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०८० कात्तिक २२ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नमोबुद्ध नगरपालिका-५, दारेगौडाका २४ वर्षीय विवेक विश्वकर्मा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० कात्तिक २१ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले बनेपा नगरपालिका-२, नालास्थित आफन्तको घरमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २१ गते धुलिखेल अस्पतालमा भयो । आरोपित फरार रहेका कारण खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले इन्सेकलाई जानकारी दिनुभयो ।


सुमित्रा आचार्य