बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई डाक्नेश्वरी नगरपालिका–३ हटेलका २४ वर्षीय महेशकुमार साहले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कल्याणपुरले ०८० असोज ९ गते उजुरी दर्ता गरेको छ ।
पीडितकी आमाले दिएको उजुरी इलाका प्रहरी कार्यालय कल्याणपुरले दर्ता गरेको जनाएको छ । घरमा सुतिरहेकी बालिकालाई जबरजस्ती आफ्नो घरमा रहेको गुहालीमा ल्याएर असोज ३ गते राति बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असोज ८ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको छ ।
बलात्कार घटनाका आरोपितसँग क्षतिपूर्ति लिएर मिल्न दबाब दिने सोही वडाका ४८ वर्षीय चन्द्रशेखर साहलाई पनि विपक्षी बनाई उजुरी दिइएको छ । घटनापछि पीडित र उनको परिवारलाई चार दिनसम्म घरबाट बाहिर निक्लिन नदिएर चन्द्रशेखर साहले मेलमिलापका लागि लोभ र दवाव दिएको आरोप छ । आरोपितलाई कानुन अनुसार कारबाही हुनुपर्ने भन्दै पीडित र उनको परिवार असोज ८ गते इलाका प्रहरी कार्यालय कल्याणपुर गएर माँग गरेका थिए ।
घटनाका आरोपित दुबै जनाविरुद्ध उजुरी दर्ता भई कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी ढुण्डिराज नेउपानेले बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…