बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले निजगढ नगरपालिका–२ का वडा अध्यक्ष ३५ वर्षीय राजु भनिने राजन श्रेष्ठ बिरुद्ध इलाका प्रहरी कार्यालय निजगढमा असोज २५ गते दिएको उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपित श्रेष्ठले असोज १९ गते दशैँको टिकाको दिन आरोपितको घरमा बलात्कार गरेको भन्दै पीडित बालिकाको आमाले इलाका प्रहरी कार्यालय निजगढमा असोज २५ गते उजुरी दिएकी थिइन् ।
विभिन्न प्रलोभन र डरत्राश देखाउँदै गत एक वर्षदेखि आरोपित श्रेष्ठले अमर्यादित कार्य गर्दै आएको पीडित बालिकाले बताउनु भयो ।
असोज २४ गते पीडितका आफन्त र आरोपित बिच घटनाका बारेमा छलफल हँुदा आरोपित श्रेष्ठले घटना लुकाउन अनुरोध गरेपछि पीडित पक्षले हातपात गर्न लाग्दा आरोपित छलफलबाट भागेको पीडितकी आमाले बताउनु भयो ।
पीडितकी आमाले दिएको उजुरी र पीडितको बयान साथै स्वास्थ्य परीक्षण प्रतिवेदनका आधार कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सन्जीव ओलीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २५ गते निजगढ अस्पतालमा गरिएको छ । घटनापछि आरोपित श्रेष्ठ फरार रहेकाले खोजी कार्य भइरहेको इन्स्पेक्टर ओलीले जानकारी दिनु भयो ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…