बलात्कार घटनाका आरोपित बालकलाई दुई महिना कैदको फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित १२ वर्षीय बालकलाई दोषी ठहर गर्दै जिल्ला अदालत दाङले दुई महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बलभद्र बास्तोलाको साउन २३ गतेको इजलासले बलात्कार घटनाका आरोपित बालकलाई सजाय स्वरुप दुई महिना सुधार केन्द्रमा राख्न र दुई महिनापछि बालकको आमाको रोहवरमा थप तीन महिनासम्म बाल इजलासमा उपस्थितिकालागि तारेखमा राख्ने आदेश गरेको हो ।
पीडित बालिकालाई आरोपित बालकले साउन २ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी गरेका थिए । प्रहरीले आरोपित बालकलाई साउन ३ गते गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
आरोपित बालक हाल कास्कीको सराङ्कोटस्थित बाल सुधार गृहमा चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…