बलात्कार घटनाका आरोपित बालक गिरफ्तार
२४ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले छविसपाथिभेरा गाउँपालिकाका १५ वर्षीय बालकलाई ०८० असोज ७ गते गिरफ्तार गरेको छ ।
जन्मदेखि नै हात खुट्टा नचल्ने अपाङ्गता भएकी युवती घरमा सुतिरहेको अवस्थामा आरोपित बालकले बलात्कार गरेपछि घटना लगत्तै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएको पीडतका आफन्तले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
अपाङ्गता भएकी युवतीलाई असोज ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजरी दिएपछि आरोपित बालकलाई घरबाटै गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी भरतबाहादुर शाहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ७ गते जिल्ला अस्पताल, सिमखेतमा गरिएको छ ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…