बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

  ०७९ माघ १५ गते

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लहान नगरपालिका–११ का २१ वर्षीय ओरगेन थारु बिरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा माघ १२ गते उजुरी दिइन् ।
पीडित पक्षका अनुसार आरोपितले भदौ ६ गते देखि कात्तिक २२ गते सम्म विवाहको प्रलोभन देखाई बलात्कार गरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको हो । पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते प्रादेशिक अस्पताल लहानमा भएको थियो ।
आरोपित फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कोमल ठाकुरले बताउनु भयो ।


दुर्गा परियार