बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

  ०७९ माघ १० गते

१८ वर्षीया महिलालाई माघ ९ गते राती घरमा सुतीरहेको अवस्थामा नवराजपुर गाउँपालिका–५ का २२ वर्षीय पंकज सदाले बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा माघ ९ गते नै पंकज सदा बिरुद्ध उजुरी दिए । आरोपितलाई कानुन बमोजिम कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएको पीडितका पीताले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते प्रादेशिक अस्पताल सिरहामा भएको थियो ।

आरोपितले आफूबिरुद्ध उजुरी दिएको थाहा पाएपछि फरार भएकोमा खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्सपेक्टर केशवकुमार कटुवालका जानकारी दिए ।

 


दुर्गा परियार