बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

  ०७९ पुस १८ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नपा–६ घर भइ हाल लहान नपा–१४ बस्ने ३० वर्षीय मोहमद शयद बिरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा पुस १२ गते उजुरी दिए ।

पीडितलाई आरोपितले पुस ११ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले पुस १२ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा पुस १२ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार प्रसाद मैनालीका अनुसार आरोपित फरार रहेकाले खोज तलास भइरहेको बताउनु भयो ।

 


दुर्गा परियार