बलात्कार घटनाका आरोपित बिरूद्ध प्रहरीमा उजुरी

  ०७८ पुस २० गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिमकोट गाउँपालिका–४ बुराउँसेका ४८ वर्षीय तारासिंह लामा बिरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता भएको छ ।

आरोपितले ०७८ जेठ १५ गते बलात्कार गर्दा ८ महिनाको गर्भ रहेको भन्दै प्रहरीमा उजुरी दिएको पीडित बालिकाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो   ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ पुस १७ गते जिल्ला अस्पताल हुम्लामा भएको डाक्टर कैलाश लामाले बताउनु भयो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले बताउनुभयो ।


नन्द सिंह