बलात्कार घटनाका आरोपित पति गिरफ्तार

  ०८० चैत १९ गते

सुरुङ्गा नगरपालिका–१ की २१ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा उनका २८ वर्षीय पति ०८० चैत १६ गते गिरफ्तार भएका छन् ।

पीडितले ०८० पुस १६ गते राति वैवाहिक बलात्कार भएको भन्दै पति विरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा फागुन ३ गते उजुरी दिनुभएको थियो । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित पीडितको माइतघर पुगेका आरोपितले इच्छा विपरित बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा फागुन ३ गते स्वास्थ्य परीक्षण भएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनामा फागुन १० गते उजुरी दर्ता भएको थियो । आरोपितविरुद्ध जिल्ला अदालतबाट फागुन १० गते पक्राउ पुर्जी जारी भएको थियो ।


मनोहरकुमार पोखरेल