बलात्कार घटनाका आरोपित दुई जना गिरफ्तार

  ०७५ असोज ४ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले निसिखोला गाउँपालिका-५ का २० वर्षीय थगेन्द्र विश्वकर्मा र सोही ठाउँका २५ वर्षीय रामबहादुर विश्वकर्मालाई असोज २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयलाई भदौ २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २ गते प्रहरीमा उजुरी दिएको थियो ।

घटनापछि गाउँमै मिलापत्रको प्रयास गरेपनि सो सम्भव नभएका कारण एक हप्तापछि मात्रै पीडित पक्षले प्रहरीमा उजुरी दिएको र सोही आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, झिवाखोला इन्स्पेक्टर ऋणबहादुर बैदवारले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ३ गते धौलागिरि अञ्चल अस्पताल बागलुङमा गरिएको छ ।


सिर्जना पन्त