बलात्कार घटनाका आरोपित दुई वर्षपछि गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका २० वर्षीय राजु मण्डल खंग खत्वे जेठ ४ गते गिरफ्तार भएका छन् ।
जिल्ला अदालतमा उपस्थित गराइएका आरोपितलाई जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको आदेशमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाइएको अदालतले जनाएको छ ।
आरोपितले २०७८ असार १६ गते बलात्कार गरेको भन्दै पीडितका बुबाले ०७८ असार २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार २४ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो ।
घाँस काट्न राजविराज नगरपालिका–१३ विषहरियास्थित खेत गएको अवस्थामा आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितका अनुसार घटना बारे घरपरिवारमा भनिदिने बताएपछि विवाह गर्ने आश्वासन दिएका आरोपितले ०७८ असार १९ गते भारत बिहारको पटना पु¥याई असार २२ गतेसम्म राखेर पटक–पटक बलात्कार गरे । आरोपितका आमाले पठाएका गाउँकै टिसरा भनिने तिलेश्वर खंग र आरोपितले पटनाबाट गाउँ नजिकै सीमावर्ती कुनौली नाकामा ०७८ असार २३ गते ल्याएर युवतीलाई छाडेका थिए ।
आरोपित भारत बिहारको कर्जाइनस्थित मामाघरमा लुकेर बस्दै आएका थिए । फरार रहेको आरोपितविरुद्ध जिल्ला अदालतमा ०७९ असार १५ गते अभियोग पत्र दायर भएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…