बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ फागुन २४ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई फागुन २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा निवेदन दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई यमबहादुर बोहोराले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २३ गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।


रीमा बि.सी.