बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरीमालिका नपा-११ का ३५ वर्षीय इन्द्रबहादुर शाहीलाई फागुन २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २० गते भएको प्रहरीले जनाएको छ ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
हेपाह प्रवृतिका नाम सच्चाँउने कानुनको अभावमा अपमान सहनुपरेको दलित समुदायको गुनासो
दलित भएकै कारण नागरिकता प्रदान गर्ने कार्यालयका कर्मचारीहरुले मनोमानी रुपमा अपमानित हुने प्रकृतिका नामहरु राखि दिएकै कारण समाजमा अहिले पनि अपमानित हुनुपरेको जिल्लास्थित दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…