बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोसाँइकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका ३० वर्षीय रेन्दोर्जे तामाङलाई  असोज ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ३ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी भाग्येन्द्र पुरूष ढकालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ४ गते गरिएको छ ।


हेमनाथ खतिवडा