बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–७ का २१ वर्षीय इशहाक देवानविरूद्ध भदौ २६ गते उजुरी दर्ता गरेको छ भने सोही ठाउँका २२ वर्षीय राजेश तेलीलाई भदौ २६ गते मर्चवारबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितमध्येका राजेश तेलीले भदौ ११ गते पीडित बालिकालाई ललाइफकाई मायादेवी गाउँपालिका–१ को सुरलमा इशहाक देवानले बोलाएको भन्दै बालिकाको घरबाट लगेको र आरोपित देवानले पीडित बालिकालाई मायादेवीको सुरलमै राखेर बलात्कार गरेको र बालिकालाई अलपत्र पारेर फरार रहेको भन्दै पीडित बालिकाले भदौ २६ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा घटनामा सहयोगीको भूमिका निर्वाह गरेका आरोपित तेलीलाई गिरफ्तार गरी कारबाही अगाडि बढाएको र फरार रहेका आरोपितको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका इन्स्पेक्टर पोषणराज ढकालले बताए ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.