बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ फागुन १५ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोनाहा-३ का १९ वर्षीय अनिल लोनियालाई फागुन १५ गते गोनाहाबाटै गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले विगत ११ महिनादेखि डर धम्की देखाउँदै पटकपटक बलात्कार गर्दे आएको र पछिल्लो पटक फागुन १४ गते बलात्कार गरेको पीडितको आरोप छ ।

पीडित युवतीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा फागुन १५ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन १५ गते नै भीम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।


रीमा बिसी