बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ फागुन २ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-७ का ४५ वर्षीय पूर्णबहादुर कार्की र भोजपुर नपा-८ का २५ वर्षीय देवबहादुर गजमेरलाई फागुन २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले फागुन १ गते मध्यरातमा बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा फागुन २ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर राधाप्रसाद पराजुलीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण  जिल्ला अस्पतालमा फागुन २ गते गरिएको छ  ।


किरण राई