बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कुश्मा नपा-९ कटुवाचौपारीका वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुलीलाई साउन १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन ९ गते बलात्कार गरेको र घटना गाउँमा नै मिलाउने प्रयास भएपछि पर्वतमा क्रियाशील मानव अधिकारकर्मी र प्रहरीको सहकार्यमा आरोपित एक सातापछि गिरफ्तार भएका हुन् ।
बलात्कार जस्तो जघन्य घटना गाउँमा नै मिलाउने प्रयास भइरहेको थाहा भएपछि इन्सेक प्रतिनिधि सन्तोष थापाले जिल्ला प्रहरी कार्यालय, पर्वतलाई घटनाको जानकारी गराई पीडित बालिकालाई न्याय दिलाउन मौखिक अनुरोध गरेका थिए ।
१ लाख रुपियाँ दिने शर्तमा मिलापत्र
जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर राजन रायमाझीले जानकारीका आधारमा घटनाका आरोपितलाई गिरफ्तार गरी घटनाको बारेमा अनुसन्धान गरिरहेको बताए ।
आर्थिक अवस्था कमजोर रहेको पीडित पक्षका अनुसार आरोपित पराजुलीले सुरूमा १० हजार रुपियाँ दिने र घटनालाई बाहिर नल्याउने शर्त राखेको भएपछि पीडित पक्षको तर्फबाट केही व्यक्तिहरूले १ लाख रुपियाँको माग गरेपछि सो रकम दिने सहमति भएको थियो ।
आरोपित पक्षले साउन १६ गते मात्रै पैसा दिने सहमति गरेको पीडित पक्षको भनाई छ ।
स्वास्थ्य परीक्षण एक सातापछि
घटना लगत्तैदेखि बालिका बिरामी पर्दै गएपछि पीडित बालिकाकी आमासहित आरोपित पक्षका आफन्तहरूले बालिकालाई बागलुङ अस्पतालमा लगेर साउन १३ गते उपचार गराएका थिए ।
जिल्ला अस्पताल पर्वतमा साउन १४ गते पीडित बालिकाको पुनः स्वास्थ परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय, पर्वतका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…