बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दानाबारी-५ का ३६ वर्षीय यामबहादुर मगरलाई फागुन १ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले माघ २८ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका अधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २९ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।


कोकिला ढकाल