बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–३ का २९ वर्षीय भोजबहादुर थापालाई साउन ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय सुनवलमा उजुरी दिए पश्चात आरोपितलाई गिरफ्तार गरिएको सई माधवप्रसाद भण्डारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ५ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।


नारायण पराजुली