बलात्कार घटनाका आरोपित गिरफ्तार
एक २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धरान उमनपा-१५ का ३६ वर्षीय धनबहादुर दमाईलाई भदौ १० गते इलाका प्रहरी कार्यालय धरानले गिरफ्तार गरेको छ ।
एक महिनाकी सुत्केरीसमेत रहेकी पीडित महिलालाई भदौ ९ गते राति आरोपितले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी आएपछि भदौ १० गते नै आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले बताए ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १० गते नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…