बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–१३ बुद्धनगरका ३५ वर्षीय कृष्ण थापालाई जेठ २७ गते देवीनगरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बुटवलमा जेठ २७ गते उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.