बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुखुम्बु जिल्ला सल्लेरी घर भई हाल बाह्रबिसे नगरपालिका–६ सोताङमा पेन्टिङको काम गरी बस्ने २४ वर्षीय पासाङ शेर्पालाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जेठ २३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको प्रहरीले जनायो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २३ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको प्रहरीले जनायो ।


नातिबावु धिताल