बलात्कार घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महमाइ-९ का ४३ वर्षीय गणेश भट्टराईलाई माघ १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १३ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन थापाले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ १३ गते जिल्ला अस्पतालमा गरिएको छ ।


कोकिला ढकाल