बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भिमाद प्रहरी चौकीमा जेठ ६ गते उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, भिमादका सई भेषराज रेग्मीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ६ गते दमौली अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशचन्द्र भट्टराई