बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घिरिङ गाउँपालिका–४ गड्यौलीटारका २५ वर्षीय माधव कुमाललाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २८ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि तिन दिनसम्म विद्यालय नगएपछि बालिकाका अभिभावकले सोधखोज गर्दा उनीमाथी बलात्कार भएको सार्वजानिक भएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते दमौली अस्पतालमा गरिएको छ ।


प्रकाशचन्द्र भट्टराई