बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिका नगरपालिकाका ४२ वर्षीया बाबुलाई प्रहरीले वैशाख १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७२ सालदेखि ०७५ भदौ महिनासम्म बलात्कार गर्दै आएको र त्यस यता बालिकाको संवेदनशील अङ्ग छुने, खेलाउने गरी यौन दुर्व्यवहार गर्ने गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको छ ।

उक्त उजुरीको आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धानको लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १८ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनायो ।


दिपेन्द्र अधिकारी