बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०७३ पुस २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रेसुङ्गा नपा-१२ का ३१ वर्षीय कृष्णप्रसाद अर्याललाई पुस २८ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका असई सत्यनारायण यादवले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २७ गते नै जिल्ला अस्पताल, गुल्मीमा गरिएको प्रहरीले जनाएको छ ।


टोपलाल अर्याल