बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वैशाख १६ गते दुई जनालाई गिरफ्तार गरेकोे छ ।

गिरफ्तार गरिएकामा पाँचथर जिल्ला फिदिम नगरपालिका–५ घर भई ललितपुर जिल्ला गोदावरी नगरपालिका–३, गोदावरी बस्ने २४ वर्षीय रमेश लिम्बु र उदयपुर जिल्ला कटारी घर भई गोदावरी नगरपालिका–३, गोदावरी बस्ने २४ वर्षीय विवेक मैनाली छन् ।

पीडित बालिकालाई आरोपितद्वयले वैशाख १६ गते साँझ ७ बजे ललितपुर जिल्ला गोदावरी नगरपालिका–३ मार्बल फ्याक्ट्री माथिको जङ्गलमा लगेर रक्सी खुवाएर पालैपालो बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले वैशाख १६ गते महानगरीय प्रहरी बृत्त सातदोबाटोमा उजुरी दिएको डिएसपी गौतम मिश्रले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १६ गते राति नै परोपकार प्रसूति गृह थापाथली काठमाडौँमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे